अमेरिका – अमेरिकाका प्रमुख सहरहरूमा बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै हजारौँ प्रदर्शनकारीले जुलुस निकालेका छन् । दुईवटा सामूहिक गोलीकाण्डको घटनापछि अमेरिकाभर प्रदर्शन भएको हो ।
सयौँको संख्यामा ¥यालीमा सहभागीहरूले ‘मलाई गोली हान्नबाट स्वतन्त्रता चाहन्छु’ जस्ता नारा लगाएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले विरोध प्रदर्शनलाई समर्थन गर्दै कंग्रेसलाई बन्दुक सुरक्षा कानुन पारित गर्न आह्वान गरेका छन् । यसका बाबजुद रिपब्लिकनहरूले कानुनी परिवर्तनको सम्भावनालाई खारेज गर्ने सम्भावना छ । मे २४ मा टेक्सासको उभाल्देस्थित रोब इलिमेन्टरीमा भएको गोलीकाण्डमा १९ बालबालिका र दुई वयस्कको मृत्यु भएको थियो ।
त्यसअघि न्युयोर्कको बफेलोमा आक्रमण हुँदा १० जना मारिएका थिए । एकपछि अर्को श्रृङ्खलाबद्ध हमलापछि अमेरिकामा बन्दुक नियन्त्रणका लागि पुनः आह्वान हुन थालेको छ । शनिबार फ्लोरिडामा सन् २०१८ मा पार्कल्याण्ड स्कूल गोलाबारीबाट बचेकाहरूद्वारा स्थापना गरिएको बन्दुक सुरक्षा समूह मार्च फर अवर लाइभ्सले वाशिङ्गटन डीसी, न्युयोर्क, लस एन्जलस र सिकागो लगायत देशभर ४ सय ५० ह्याली निकालेको छ । एजेन्सी