काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार १ सय ९३ जनाको पीसीआर विधिबाट र ९ सय ८० जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको स्वाब नमुना परीक्षण गर्दा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

केही दिनयता कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार १ सय ९२ जना पुगेको छ भने हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १ सय ७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।