काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ७० जनामा कोरोना भाइरसको नमुना परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घण्टाको अवधिमा ९ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन् भने हाल देशभर सक्रिय सङ्क्रमितको संख्या १ सय ९ जना रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै ८० हजार ५ सय १ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।