काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले ओरालो लागेको छ । हिजो ९८ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य आज तीन सय रुपैयाँले घटेर ९७ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा तीन सय रुपैयाँले नै घटेर ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । त्यसैगरी चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।