काभ्रे – कुमारी बैंक र काभ्रेको बनेपास्थित सुप्रिम डेन्टल केयरबीच विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतासँगै अब कुमारी बैंकका ग्राहकहरूलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवाहरूमा १५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले सो डेन्टल केयरबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा १५ प्रतिशत, ओर्थोदोंतिक्समा १० प्रतिशत, पेदोदोंतिक्समा १५ प्रतिशत, प्रोसथोदोंतिक्समा १५ प्रतिशत, एण्डोदोंतिक्समा १५ प्रतिशत र डेन्टल इम्प्लान्ट्समा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट स्थानीयका सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त छ ।