फाइल तस्वीर
जम्मू-कश्मीर – सामाजिक सञ्जालमा शेयर भएको विवादित पोस्टपछि भारत प्रशासित जम्मूको डोडा जिल्लास्थित भद्रवाह शहरमा कर्फ्यु लगाइएको छ । जिल्लाका डेपुटी कमिसनर विकास शर्माले यसको पुष्टि गरेका बीबीसी हिन्दीले जनाएको छ ।

शर्माका अनुसार, ’तनाव भएपछि भद्रवाह शहरमा कर्फ्यु लगाइएको हो ।’ भारतीय मिडियाका अनुसार, सामाजिक सञ्जालमा भड्काऊ भाषणहरूको भिडियो प्रसारित भएपछि शहरमा तनावको स्थिति बनेको थियो ।

स्थानीय प्रशासनले फ्ल्यागमार्चका लागि सेनालाई समेत बोलाएको छ । यसअघि भड्काऊ अभिव्यक्ति दिएको भन्दै पुलिसले केही व्यक्तिलाई पक्राउ गरेको थियो ।