काठमाडौं – चिकित्सा शिक्षा आयोगले नर्सिङ, एमबीबीएसदेखि डिएम–एमसीएचसम्मको चिकित्सा शिक्षा कार्यक्रमको शुल्क निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोगको नवौं बैठकले आयोगले ५६ वटा चिकित्सा विज्ञानका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले स्नातक तहमा ३.६ प्रतिशत शुल्क बढाउने निर्णय गरेको हो । काठमाडौं उपत्यकाभित्र एमबीबीएसको शुल्क ४१ लख ६८ हजार ९० रुपैयाँ तोकिएको छ भने उपत्यका बाहिर ४५ लाख ९५ हजार ७ सय २० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, बिडिएसतर्फ २० लाख ९२ हजार २ सय ९० रुपैयाँ शुल्क निर्धारण भएको छ भने बिएस्सी नर्सिङतर्फ १० लाख ३६ हजार रुपैयाँ शुल्क तोकिएको छ । डिएम–एमसीएचको शुल्क २५ लाख ९० हजार निर्धारण गरिएको छ भने एमडी–एमएसको २३ लाख ८१ हजार ७ सय ६० रुपैयाँ निर्धारण गरिएको छ ।

स्नातकदेखि डिएमसम्म कुन विषयको शुल्क कति?