काठमाडौं – साताको छैटौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढ्दै ९८ हजार रुपैयाँ कायम भएको हो ।

यस्तैगरी तेजाबी सुनको मूल्य समेत आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।