काठमाडौं – आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले आज नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृङ्खलामा ओमानसँग पहिलो खेल खेल्दैछ । खेल मोसो क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ ।

नेपालले १२ खेलबाट १२ अङ्क जोड्दै अङ्कतालिकाको छैटौं स्थानमा छ भने ओमान ३२ खेलबाट ४० अङ्क जोड्दै पहिलो स्थानमा छ । तीन देश सम्मिलित सिरिजमा अमेरिका, नेपाल र ओमान छन् । नेपालले सिरिजको दोस्रो खेल अन्तर्गत जुन ११ मा अमेरिकासँग खेल्नेछ । त्यस्तै ओमानबिरुद्ध जुन १४, र अमेरिकाबिरुद्ध जुन १५ मा खेल हुनेछ ।