प्रतिकात्मक तस्वीर

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या भएको छ । उनको घर नजिकैको खरको लुटोमा आगो लगाएर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घटनाबारे एकिन कारण भने अझै खुल्न सकेको छैन । मृतक खडायतको शव गएराति फेला परेको वडा नं १ का वडाध्यक्ष भरत खडायतले जानकारी दिनुभयो । उनको श्रीमानको सात वर्षअघि मृत्यु भइसकेको र उनका दुई छोरी र एक छोरा रहेका छन् ।

प्रहरीले घटनामा संग्लन रहेको आशङ्कामा स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको छ । भने शङ्कास्पद एक जना फरार रहेको बताइएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी चौकी बलाँच र इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोली घटनास्थलमा पुगेको बताइएको छ । रासस