फाइल तस्वीर


काठमाडौं – सेयर बजार नेप्से ओरालो लागेको छ । आज मङ्गलबार एकैदिन ४५ दशमलब ५९ अङ्कले गिरावट आएको हो ।


गिरावट आएको बजारमा सेन्सेटिभ इन्डेक्स ११ दशमलब २४ अङ्कले घटेर ३ सय ८९ अङ्कमा पुगेको छ । नेप्सेमा साताको पहिलो दिन सोमबार १२ दशमलब ८९ अङ्कले गिरावट आएको थियो ।

बिहान नेप्से परिसूचक २ हजार ६५ अङ्कबाट कारोबार सुरु भएकोमा परिसूचक दिनको अन्त्यमा २ हजार २० दशलमव २३ अङ्कमा पुगेर बन्द भएको छ । आज नेप्सेमा ३८ लाख ८७ हजार ७ सय ४८ कित्ताको सेयर खरिदबिक्री हुँदा १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेमा मङ्गलबार १ सय ८१ वटाकम्पनीका लगानीकर्ताहरुले ठूलो रकम गुमाउँदा १५ वटा कम्पनीका सेयरधनीहरुले केही नाफा कमाउन सफल भएका छन् । सेयर बजारमा २ कम्पनी बाफेली हाइड्रो पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सकारात्मक सर्किट लागेका कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १८ रुपैयाँ बढेर २ सय ३ रुपैयाँ ९ पैसा पुगेको छ । यस्तै उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १ सय ९३ रुपैयाँ बढेर २१ सय २६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज एकैदिन हिमालय बैंकको मात्रै सेयर मूल्यमा १० प्रतिशतको नकारात्मक सर्किट लागेको छ । सर्किट लागेको हिमालय बैंकको सेयर मूल्यमा ३८ दशमलब ५ रुपैयाँले घटेर ३ सय २३ रुपैयाँ पुगेको छ ।