फाइल तस्वीर


मलेसिया – आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले सहज जित निकालेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले भुटानलाई ४ विकेटले पराजित गरेको हो ।

मलेसियामा सोमबार भएको खेलमा पहिला ब्याटिङ गर्दै भुटानले ६७ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्न सफल भयो । नेपालका लागि किरणकुमारी कुँवरले २, साना प्रविणले १२, सानु राजवंशीले ३०, आश्मा पुलामी मगरले ३, कप्तान कृतिका मरासिनीले २, शृष्टी जैसीले ८ र एलिसा कुमारी यादवले अविजित २ रन बनाउन सफल भएका थिए । बलिङमा भुटानकी साङ्गे वाङवोले ३ विकेट लिइन् भने सोनम र अन्जुली घलेले १–१ विकेट लिए ।

नेपालले पहिलो खेलमा कतारलाई ७८ रनले हराएको थियो भने युएईसँग नराम्रो हार व्यहोरेको थियो । आफ्नो दोस्रो खेलमा युएईसँग सात बलमा हारेको नेपालले आज भएको आफ्नो तेश्रो खेलमा भने भुटानमाथि जित निकाल्न सफल भयो ।