साङ्केतिक तस्वीर


नाइजेरिया – देशको दक्षिणपश्चिमी भागमा रहेको क्याथोलिक चर्चमा बन्दुकधारीले गोली चलाउँदा कम्तिमा ५० जनाको ज्यान गएको छ । नाइजेरियाको ओन्डो राज्यका प्रहरी प्रवक्ता फनमिलायो इबुकुन ओदुन्लामीका अनुसार बन्दुकधारीहरूले विस्फोटक पदार्थसमेत बोकेका बताएछन् । पेन्टेकोस्टको इसाई चाडमा आक्रमण भएको हो । बन्दुकधारीले किन के कारणले आक्रमणको हो भन्ने बारेमा अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

घटनालाई ‘ठूलो नरसंहार’ भन्दै ओन्डो राज्यका गभर्नर अरकुन्रिन ओलुवारोतिमी अकेरेडोलुले घटनास्थल र घाइतेहरूको अस्पतालमा निरीक्षण गरेका छन् । नाइजेरियामा क्याथोलिक चर्चका प्रवक्ता रेभेरेन्ड अगस्टिन इक्वुले ‘यो धेरै दुखको कुरा हो कि पवित्र प्रार्थना चलिरहेको बेला अज्ञात बन्दुकधारीहरूले सेन्ट फ्रान्सिस क्याथोलिक चर्चमा आक्रमण गरे । आक्रमणमा धेरै जनाको मृत्यु र अन्य धेरै जना घाइते भएका छन्’ भनेको कुरालाई अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

पेन्टेकोस्टको इसाई चाडमा भएको आक्रमणको पोप फ्रान्सिसले निन्दा गरेका छन् । उनले पीडित र नाइजेरियाका लागि प्रार्थना गर्ने बताएका छन् । राष्ट्रपति मुहम्मदुले पीडितले न्याय पाउने बताएका छन् । नाइजेरिया जिहादीहरू र आपराधिक गिरोहले लामो समयदेखि हिंसात्मक आक्रमण गर्दै आएका छन् ।