फाइल तस्वीर


कञ्चनपुर – जिल्ला समन्वय समिति कञ्चनपुरको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रम सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको कार्यक्रमानुसार जेठ २४ गते मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, मतदाताको विरोधमा उजुरी लिने गरी कार्यक्रम तय गरिएको छ ।

यसैगरी, जेठ २५ गते मतदाताको विरोधमा दिएको उजुरीउपर जाँचबुझ गर्ने, अन्तिम नामावली प्रकाशन गर्ने र उमेदवारको मनोनयनपत्र दर्ता गर्ने जेठ २६ गते मनोनयनपत्र दर्ता भएका उमेदवारको सूची प्रकाशन गर्ने, उमेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र जाँच गर्ने, उजुरीउपर निर्णय गर्ने र उमेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

जेठ २७ गते उमेदवारको नाम फिर्ता लिने, उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र जेठ ३० गते मतदान गर्ने कार्यक्रम तय गरिएको छ ।

मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतले सुरक्षित रूपमा प्राप्त गरेपछि मात्रै मतगणनाको कार्य सुरु हुने बताइएको छ । निर्वाचन सम्बन्धित मतदान केन्द्रमा हुने जनाइएको छ । रासस