काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनको मूल्यमा प्रतितोला छ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचादीँ व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला छ सय रुपैयाँ नै घटेर ९७ हजार ४ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँ कायम भएको नेपाल सुनचादीँ व्यवसायी महासङ्घले जनाएको छ ।