फाइल तस्वीर
तम्घास – अविरल परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको कालीगण्डकी करिडोर आज बिहानबाट खुलेको छ । शनिवार साँझ जिल्लाको हर्मिचौर अर्वेनी सडकखण्डको गरगरे भन्नेस्थानमा सडक माथिबाट ढुङ्गा र गेगरानसहितको पहिरो खस्दा सडक अवरुद्ध हुन पुगेको थियोे ।

पहिरोले सडक अवरुद्ध भएपछि हर्मिचौरदेखि कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट जाने सवारी साधनहरु बीच बाटैमा रोकिनु परेको थियो । सडक अवरुद्ध भएकै कारण यात्रुहरु पनि अलपत्र परेका थिए । पहिरोले अवरुद्ध सडक खुलाउनका लागि हर्मिचौरबाट डोजर पठाएर पहिरो पन्छाएर यातायात खुलाइएको छ ।

सडक बनाउनेक्रममा पहरा फोर्न गरिएको बाल्टिङले सडक माथिबाट बेलाबेलामा ठुला ढुङ्गाहरु सहित पहिरो खस्ने गरेको छ । उक्त सडकखण्डको यात्रा जोखिम रहेको चालक र यात्रुहरुको भनाइ छ ।