फाइल तस्वीर
प्योङयाङ – उत्तर कोरियाले आइतबार आफ्नो पूर्व तटबाट ८ वटा छोटो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाका सेना प्रमुखले जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।


स्थानीय समयअनुसार बिहान ९ बजेर ८ मिनेटदेखि ९ बजेर ४० मिनेटसम्मको समयावधीमा ती क्षेप्यास्त्र उत्तर कोरियाको राजधानी प्योङयाङनजिकै रहेको सुनान क्षेत्रबाट कोरियाली प्रायद्वीप नजिकैको पानीमा प्रहार गरिएको समाचारमा जनाइएको छ ।

उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र परीक्षणबारे दक्षिण कोरियामा राष्ट्रिय सुरक्षा प्रमुख किम सुङ हानले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको जानकारी दिएको छ । यो वर्ष कोरियाले १७ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको छ । न्युज एजेन्सी