ललितपुर – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बीच भेटवार्ता भएको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा अध्यक्ष पख्रचण्ड र मेयर साहबीच भेटवार्ता भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र काठमाडौंका नगरप्रमुख साहबीच सङ्घीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकालाई कसरी सफा र व्यवस्थित बनाउने भन्ने विषयमा विस्तृत छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

काठमाडौं महानगरपालिकालाइ काठमाडौं महानगरपालिकाका मेयर साहलाई ‘तपाईंको जित बहुत ठूलो कुरा हो । क्रान्ति हो । पहिलेका मेयरहरू कुनै एउटा पार्टीसँग मिलेर अरू पार्टीलाई गाली गर्ने सिष्टम थियो । तर, तपाईंले पहिलो पटक सबैलाई मिलाएर सहकार्य गर्ने काम गरिरहनुभएको छ । त्यो सराहनीय छ । त्यसैले तपाईंलाई हाम्रो सधैँ साथ र सहयोग हुनेछ’ भन्दै अध्यक्ष प्रचण्डले साहलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रचण्डको सचिवालयले जनाएको छ ।