फाइल तस्वीर
जनकपुरधाम — मधेस सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । शनिबार मुख्यमन्त्रीको निवास मधेस भवनमा बसेको उक्त प्रदेशको मन्त्री परिषद्को बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।


मन्त्रिपरिषदबाट स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले जेठ २२ गते प्रदेशसभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । प्रदेशसभा बैठकमा प्रदेश सांसदहरुले आ–आफ्नो धारणा राखेपछि बैठकले अनुमोदन गर्नेछ ।