फाइल तस्वीर
काठमाडौं – यातायात व्यवस्था विभागले सवारी साधनहरुमा अनिवार्य रुपमा इम्बोस्ड नम्बरप्लेट राख्न सूचना जारी गरेको छ । बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट राख्न विभागले शुक्रबार सूचना प्रकाशित गरेको हो ।

विभागले बागमती र गण्डकी प्रदेशमा असार महिनाभित्र सवारी साधनहरुमा इम्बोस्ड नम्बरप्लेट नराखे कारबाही गर्ने चेतावनी समेत दिएको छ । बागमती र गण्डकीका यातायात कार्यालयहरूबाट इम्बोस्ड नम्बरप्लेट जडानका लागि सबै पूर्वाधार तयार भएको जनाएको छ ।

इम्बोस्ड नम्बरप्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही गरिने विभागबाट प्रकाशित सूचनामा जनाइएको छ । विभागले मोटरसाइकललगायत साना–ठूला सवारी साधनहरुमा इम्बोस्ड नम्बरप्लेट जडान गर्न सवारी साधन धनीहरूलाई आग्रह गरेको छ ।

विभागले बागमती प्रदेशको ललितपुरस्थित एकान्तकुना, काठमाडौंको गुर्जुधारा र गण्डकीको पोखराबाट इम्बोस्ड नम्बरप्लेज जडान गर्न सकिने जनाएको छ ।