फाइल तस्वीर
काठमाडौं – आईसीसी यू–१९ महिला क्रिकेट विश्वकप एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा आयोजित उक्त प्रतियोगितामा नेपालले कतारमाथि ७९ रनको फराकिलो जित निकालेको हो ।

नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतारले १५ दशमलब ४ बलमा ३८ रनमात्र बनाउन सक्यो । बलिङतर्फ श्रृष्टि जैसीले ३ विकेट लिंदा कृतिका मरासिनी, स्नेहा महरा र अनु कडायतले २–२ विकेट लिन सफल भएका थियो ।

यसअघि पहिले व्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ३ विकेटको क्षतिमा ११७ रन बनाएको थियो । आशा पुलामी मगर ३२ र श्रृष्टि जैसी २३ रनमा अविजित रहे । सानु राजवंशीले २१ र अञ्जली विश्वकर्माले ११ रन जोड सफल भए ।