फाइल तस्वीर
काठमाडौं – सत्ताघटक दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पहिलो पार्टी बनाउने गरी काम गर्न निर्देशन दिएको छ । राजधानीमा बुधबारदेखि जारी प्रशिक्षण कार्यक्रममा भागलिन आएका जनप्रतिनिधिहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिंदै माओवादीलाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय भएर लाग्न निर्देशन दिनु भएको हो ।

पार्टीको तर्फबाट जनप्रतिनिधिको रुपमा निर्वाचिन कार्यकर्ताहरु अभिमुखीकरण कार्यक्रममा सहभागी हुन कर्णालीबाट काठमाडौं आएका पालिकाका अध्यक्ष÷उपाध्यक्ष तथा प्रमुख÷उपप्रमुखहरु आज पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटारस्थित निवासमा गएका थिए ।

भेटघाटका अवसरमा अध्यक्ष प्रचण्डले कर्णालीमा स्थानीय चुनावको परिणाम माओवादीले अपेक्षा गरे अनुसारको नभएको भन्दै आगामी दिनमा पहिलो पार्टी बनाउन आजैदेखि योजनावद्ध रुपमा लाग्न निर्देशन दिनुभएको माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताउनु भयो । कर्णाली प्रदेशका पालिकामा विजयी जनप्रतिनिधिहरुले आजै सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई पनि भेटेर आफ्ना समस्याहरु राखेका छन् ।