फाइल तस्वीर
नेपाली महिला क्रिकेट टिमले यु–१९ महिला टी–२० विश्वकप छनोटमा भोलि कतारविरुद्ध मैदान उत्रिने भएको छ । यु–१९ महिला टी–२० विश्वकप छनोट प्रतियोगिता खेल्न मलेसिया उठ्नु अघि नेपाली टिमले शीर्षस्थानमा रहने योजना बनाएको छ ।

शुक्रबार (भोलि) बाट सुरु हुने प्रतियोगितामा नेपाल, कतार, मलेसिया सहित ६ राष्ट्रको सहभागिता हुनेछ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउने छ । प्रतियोगितामा नेपालसँगै मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), थाइल्यान्ड, भुटान र कतार सहभागी छन् । नेपालले शनिबार युएईविरुद्ध, सोमबार भुटानविरुद्ध, मङ्गलबार थाइल्यान्डसँग र बिहीबार मलेसियासँग खेल्ने तालिका छ ।

नेपालको प्रतिनिधित्व गर्दै कृतिका मरासिनीको नेतृत्वमा नेपाली महिला टिममा मैदानमा उत्रिने छ । प्रतियोगितामा सहभागी आफ्ना प्रतिद्वन्द्वी टिमलाई हराउँदै नेपाल विश्वकपमा जाने रणनीतिमा मैदानमा उत्रन लागेको छ । नेपाली खेलाडीहरुमा कप्तान कृतिका मरासिनी, स्नेहा महरा, श्रृष्टि जैसी, अलिषा यादव, मनीषा उपाध्याय, अञ्जलि बिक, मनीषा रानामगर, साना प्रविन, रन्जु श्रेष्ठ, रन्जु श्रेष्ठ, आस्मा पुलामीमगर, रन्जु श्रेष्ठ, सानु राजवंशी, किरण कुँवर, अनु कडायत र सुस्मिता भुषाल रहेका छन् ।