फाइल तस्वीर
नयाँदिल्ली– भारतीय काङ्ग्रेस आईकी पूर्वअध्यक्ष सोनिया गान्धी कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । गान्धीलाई हल्का ज्वरो आएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको हो ।


केही दिन अघि पार्टीको कामको सन्दर्भमा सोनिया गान्धीले पार्टीका नेताहरूसँग भेटघाट गर्नुभएको समाचारमा जनाइएको छ । काङ्ग्रेस आईका केही नेतामा समेत कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभए पछि सोनिया गान्धी आइसोलेसनमा बस्नुभएको समाचारमा उल्लेख छ । काङ्ग्रेसका प्रवक्ता रणदीप सिंह सुरजेवालाले सोनियाको उपचार भइरहेको बताउनु भएको छ । काङ्ग्रेस आईकी नेतृ सोनिया गान्धीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता सुरजेवालालाई उधृत गर्दै समाचारमा जनाइएको छ ।