फाइल तस्वीर
मकवानपुर – बागमती प्रदेशसभाको बजेट अधिवेशनको बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बैठक सुरु हुनेवित्तिकै अवरोध गरेपछि केही समयका लागि बैठक स्थगित भएको हो ।

प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु गरेलगत्तै एमालेका सांसदले उठेर विरोध जनाएका थिए । एमाले सांसदहरुको विरोधपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाइ राख्न समय उपलब्ध गराउनु भएको थियो ।

मुख्य सचेतक निरौलाले पशुपन्छी तथा मत्स्य विकास केन्द्रका तीन कर्मचारीलाई वर्तमान सरकारले आफू अनुकूल नभएकोले सरुवा गरेको भन्दै बैठकमा विरोध जनाए । घटनाको सत्यतथ्य छानविन गर्न सर्वपक्षीय छानबिन समिति गठनको प्रक्रिया अघि नबढाउञ्जेल संसद् अवरोध कायमै राख्ने बताएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक १० मिनेटका लागि स्थागित गर्नु भएको हो ।