काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले नै घटेर ९६ हजार ७ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।