एजेन्सी – अमेरिकाको न्यु अर्लिन्स विद्यालयमा हाईस्कूलको स्नातक समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । मोरिस जेफ हाई स्कूलका स्नातकहरू भेला भएको दीक्षान्त केन्द्रबाहिर गोलाबारी भएको न्यु अर्लियन्स प्रहरीले जनाएको छ । ।

गोली लागेर घाइते भएका तीनै जना स्नातक समारोहमा भाग लिन उक्त स्थानमा आएको बताइएको छ ।