तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट करिब ७ केजी ५ सय ग्राम गाँजा सहित २ जना पक्राउ परेका छन् । अवैध लागूऔषधसहित उनिहरुलाई आज मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्याङजा वालिङ नगरपालिका–१ बस्ने २४ वर्षीय विशाल सुनार र सोही नगरपालिका–९ बस्ने २४ वर्षीय आकाश तामाङ रहेका छन् । ग.१ ख ६०१९ नम्बरको बसलाई अस्थायी प्रहरी पोष्ट मुग्लिङ पूलजिपबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त अवैध लागूऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।