काठमाडौं – आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल गर्न राष्ट्रियसभाको बैठक सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आ.व २०७९/८० को राजस्व र व्ययको वार्षिक बजेटबारे सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि बैठकमा वार्षिक बजेटमाथि सैद्धान्तिक छलफल सुरु भएको हो ।

बजेटमाथिको सैद्धान्तिक छलफल र त्यसमा उठेका प्रश्नका जवाफका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही जेठ १७ र १८ गतेको समय तोक्नुभएको छ । संवैधानिक व्यवस्थानुसार हरेक जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गरिन्छ ।