एजेन्सी – अफ्रिकी देश चाडको उत्तरी क्षेत्रमा रहेको एउटा सुन खानीका मजदुरहरूबीच भएको झडपमा परी झण्डै जनाको मृत्यु भएको छ । झडपमा ४० जनाभन्दा बढी घाइते भएका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले जानकारी दिनुभएको छ ।

लिबियाको सिमाना नजिकको तिबेस्ती पर्वतको कोरी बोगौडीस्थित खानीमा हिंसा भड्किएको थियो । सो क्षेत्र राजधानी एनडीजामेनाबाट करिब १ हजार किलोमिटर टाढा पर्छ । दश वर्ष पहिले उक्त स्थानमा सुनको खोजी गर्ने क्रममा चाड र छिमेकी देशहरूबाट खानी मजदुर आकर्षित भएका थिए ।

सुन झिक्ने विषयमा उनीहरूबीच बारम्बार तनाव हुने गरेको छ । पछिल्लो झडप मौरिसियाली र लिबियाली मजदुरबीच भएको रक्षामन्त्री ब्राहिमले बताउनुभयो । घटनास्थलमा ठूलो संख्यामा सेना परिचालन गरिएको बताइएको छ ।