काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।