पोखरा विमानस्थल । फाइल तस्वीर
कास्की – गण्डकीको व्यस्त पोखरा विमानस्थलमा हवाइ इन्धन बोकेको ट्याङ्कर पल्टिएर अवरुद्ध छ । इन्धन बोकेर जहाजमा इन्धन भर्न जानेक्रममा ट्याङ्कर पल्टिएर सबै उडानहरु अवरुद्ध भएका छन् ।


पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार पोखराबाट हुने बिहानका उडानहरु सबै उडानहरु अवरुद्ध भएका छन् ।

ट्याङ्कर पल्टिदा विमानस्थलमा तेल पोखिए पनि आगो भने लाग्न पाएन । इन्धन भर्ने ट्याङ्कर उठाउने र तेल पोखिएको स्थान सफा गर्ने काम भैरहकोे जनाइएको छ । विमानस्थलमा दमकलसहित इमर्जेन्सी अपरेशन तयारी अवस्थामा राखेर काम भैरहेको पोखरा विमानस्थल कार्यालयले जनाएको छ ।