साङ्केतिक तस्वीर ।
काठमाडौं – ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गए राति उदयपुरको कटारी नगरपालिका–१४ स्थित भदौरे भन्नेस्थानमा ट्रक पल्टिँदा चालकसहित चारजनाको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रक चालक बाराको सिमरा उपमहानगरपालिका–१ का ३३ वर्षीय सुदीप घलान हुन् भने परिचालक सोही स्थानका नितेश खड्का रहेका छन् । प्रहरीका अनु ट्रकमा यात्रा गरेका १६ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको पनि सोही दुर्घटना मृत्यु भएको छ ।

पथलैयाबाट सिमेन्ट बोकेर गरी सोलुतर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेको प्रहरीचौकी घुर्मीले जनाएको छ । उक्त दुर्घटना राति करिब साढे २ बजे भएको प्रहरीको भनाइ छ ।