फाइल तस्वीर
पोखरा – हिजो आइतबार बिहानदेखि हराएको तारा एयरको जहाज नेपाली सेनाको खोजी टोलिले फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले उक्त कुराको जानकारी गराउनु भएको हो ।

हराइ रहेको जहाजको खोजी र उद्धार कार्यमा खटिएको नेपाली सेनाको टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुनः सुरु गरिएको थियो । पोखराबाट मुस्ताङको जोमसोमका लागि चालक दलका तीन सदस्य सहित १९ जना यात्रु लिएर उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा एयरपोर्टको टावरसँग सम्पर्क विच्छेद भएको थियो ।