काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्नुभएको छ । अर्थमन्त्री शर्माले आज आइतबार सङ्घीय संसदका दुवै सदनमा आगामी वर्षको विकास निर्माणका लागि बजेट प्रस्तुत गर्नुभएको हो ।

आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत भएको छ । त्यसमध्ये चालु खर्चतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ ९ सय ४२ प्रतिशत, पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड ९२१।२ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २२ करोड ९१२।८ प्रतिशत बजेट विनियोजन गरिएको छ ।