फाइल तस्वीर
काठमाडौं — सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्मामार्फत् आज आइतबार सार्वजनिक गरिएको बजेट वक्तव्यमार्फत् ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको हो ।

यसैगरी आगामी आर्थिक वर्षमा मूल्यवृद्धि दर भने ७ प्रतिशतभन्दा माथि जान नदिने सरकारको लक्ष्य छ । चालु आर्थिक वर्षका लागि मूल्य वृद्धिको वाञ्छित सीमा ६ दशमल ५ प्रतिशत रहेको थियो । तर नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार पछिल्लो समय यो सीमा ७ प्रतिशत रहेको छ ।