फाइल तस्वीर
काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने कुराको जानकारी आज सङ्घीय संसदको संयुक्त बैठकमा जानकारी गराउनु भएको हो । अर्थमन्त्री शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिलाई समायोजन गर्ने बताउनुु भएको छ ।

सरकारले दुईपटक गरी उच्चदरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । इन्धनमा गरिएको मूल्यवृद्धिको अहिले चौतर्फी विरोध भइरहेको पछि मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थमा लगाई आएको अतिरिक्त कर १० प्रतिशतले घटाउने सैद्धान्तिक निर्णय गरिसकेको छ ।