काठमाडौं – सरकारले मिर्गौला रोगबाट ग्रसित बिरामीहरूको लागि नि:शुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेट वक्तव्यमा उक्त कुरा उल्लेख गरिएको छ ।

सरकारले गरिब, विपन्न र निमुखा परिवारका मिर्गौला रोगीहरूलाई नि:शुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड रूपैयाँ विनियोजन गरेको हो । अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै क्यान्सर र मेरुदण्डका बिरामीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने समेत व्यवस्था रहेको बताउनुभएको छ ।

यसका लागि १ अर्ब ५० करोड बजेट विनियोजन गरिएको शर्माले बताउनुभयो ।