काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई खेलकुदतर्फ दुई अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्ने र मूलपानी क्रिकेट मैदानलाई यो आर्थिक वर्षमा सम्पन्न गर्ने बताइएको छ ।

यस्तै निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने र कैलालीको फाप्ला मैदानका लागि बजेट छुट्याउनुका साथै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पनि बजेट विनियोजन गरिएको छ ।