फाइल फोटो
काठमाडौ – सरकारले आगामी वर्ष नेपालमा १० लाख पर्यटकहरु भित्र्याउने महत्वाकाङक्षी लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को दुवै सदनमा आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण गर्दै यस्तो लक्ष्य रहेको उल्लेख गरिएको हो ।
नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रूपमा स्थापित गरिने अर्थमन्त्री शर्माको भनाइ थियो ।

अर्थमन्त्री शर्माले पर्यटन विकासको प्रवद्र्धन गर्न उच्च हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म फैलिएको ग्रेट हिमालय ट्रेलका लागि ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताउनुु भएको छ ।

यसैगरी सगरमाथा क्षेत्रमा पर्वतारोहण अनुसन्धान केन्द्र र शेर्पाहरूको साहसिक पहिचान झल्कने सङ्ग्रहालय स्थापना गर्नुको साथै काठमाण्डौ महानगरपालिकासँगको सहकार्यमा एक नेवार सङ्ग्रहालय स्थापना, पोखरामा गुरुङ मौलिक संस्कृति संरक्षण समिति गुरुयोजना कार्यान्वयन गर्न पनि सरकारले सहयोग गर्ने उल्लेख गर्नुभएको छ ।