फाइल तस्वीर
काठमाडौ– स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सरकारले तालिम दिने भएको छ । स्थानीय तहलाई चुस्त र प्रभावकारी बनाइ जनतालाई सेवा दिन सरकारले जनप्रतिनिधिहरुलाई तालिम दिने व्यवस्था गर्न लागेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकारहरूसँग समन्वय गरी स्थानीय सरकार सञ्चालनलगायत विभिन्न विषयमा जनप्रतिनिधि (प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष) लाई तालिम दिन लागिएको मन्त्रालयले जनाएको छ ।

ज्नप्रतिनिधिहरुलाई जेठ २५ गतेदेखि तालिम सुरू गर्ने कार्ययोजना रहेको छ । जसअनुसार प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा जेठ २५ र २६ गते, मधेश प्रदेश, गण्डकी र कर्णालीमा जेठ २७ र २८ गते तालिम सञ्चालन हुनेछ भने बागमती र लुम्बिनी प्रदेशमा जेठ ३० र ३१ गते तालिम दिने सरकारले तयारी गरेको छ ।