पेरिस– च्याम्पियन लिगको उपाधी रियल मड्रिडले जितेको छ । लिभरपुललाई हराउँदै रियलले १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको हो ।
यो कीर्तिमानी उपाधीका लागि लिभरपुललाई हराउन १ गोल नै काफि भयो । निकै प्रतिस्पधात्र्मक भएको फाइनल खेलमा रियल मड्रिडका भिनिसियस जुनियरले दोस्रो हाफमा एक गोल गरेका थिए । त्यो गोलनै रियललाई कीर्तिमानी जितको लागि बर्दान नै सावित भयो ।

योर्गन क्लपको टोलीले स्पेनिस च्याम्पियनमाथि खेलको सुरुवातदेखि नै दबाबमा राखे पनि थियाबट कोर्टवाले एकपछि अर्को उत्कृष्ट बचाऊ गर्दै टोलीलाई खेलमा कायम राखेका थिए । सन् २०१८ को फाइनलको बदला लिने मुडमा रहेका मोहमद शलाहको मात्र ६ वटा प्रहार कोर्टवाले विफल बनाएका थिए । योसँगै कार्लो एन्चेलोटी चारवटा च्याम्पियन्स लिग उपाधि जित्ने पहिलो म्यानेजर बनेका छन् । उनले यसअघि लिभरपुल र एसी मिलानसँग यो प्रतियोगिता जितेका थिए । एजेन्सी