फाइल तस्वीर
काठमाडौं – आज जेठ १५ गते, नेपालमा राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन । देशमा राजनीतिक परिवर्तन भएपनि जनताको जीवनस्तर माथि उठ्न नसकेकोको धारणा नेताहरु स्वयमले नै गर्नुभएको छ ।

यसैसन्र्दभमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेको बताउनु भएको छ । गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै नेपालले यस्तो धारणा व्यक्त गर्नु भएको हो । एकीकृत समाजवादीका अध्यक्ष नेपालले शुभकामना सन्देशमा ‘सार्वभौमसत्ता पूर्णरुपमा जनतामा निहीत रही जननिर्वाचित प्रतिनिधिबाट शासन पूर्वप्रधानमन्त्री नेपालले शुभकामना सन्देशमा लेखेका छन्, ‘राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सकेको छैन’– भन्नुभएको छ ।

यही राजनीतिक व्यवस्थाको माध्यमबाट शासनसत्तामा पुगेकाहरुमा स्वेच्छाचारी, निरङ्कुश र भ्रष्ट भएको भन्दै नेपालले दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष नेपालले गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालमा प्रतिनिधिसभा विघटन गर्दा जनताले असफल बनाएको स्मरण पनि शुभकामना सन्देशमार्फत गर्नुभएको छ ।

जनभावनाको कदर गर्दै संविधानबाट निर्दिष्ट दायित्व पूरा गर्नु, सार्वभौमिकता, स्वाधिनता र राष्ट्रिय एकतालाई सुदृढ गर्दै देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउनु अहिलेको आवश्यकता रहेको भन्दै अध्यक्ष नेपालले असंलग्न परराष्ट्र नीति प्रति निष्ठवान रहँदै राष्ट्रको सार्वभौमसत्ता र स्वाभिमानको रक्षार्थ दृढताका साथ उभिनु प्रत्येक नेपालीको कर्तव्य र जिम्मेवारी रहेको समेत शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।