फाइल तस्वीर
काठमाडौं – सरकारले आज आइतबार आगामी आर्थिक वर्ष ०७९÷८० को बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । दिउँसो सङ्घीय संसद भवन बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा बजेट भाषण बजेट सार्वजनिक गर्न लागिएको हो ।
नेपालको संविधानमा ंहरेक वर्ष जेठ १५ गते सङ्घीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने उल्लेख गरिएको छ । सरकारका अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे सङ्घीय संसदको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्नुहुनेछ ।


बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची रहेको छ । सरकारले आगामी आर्थिक वर्ष ०७९÷८० को लागि १७ खर्ब ४५ अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्दैछ ।


सरकारले बढ्दो महङ्गीलाई ध्यान दिंदै सामाजिक सुरक्षाभत्ता र कर्मचारीको तलब समेत वृद्धि गर्नेभएको छ । कृषि क्षेत्रलाई प्राथमिकता दिने भनिएको आगामी आर्थिक वर्षको बजेटमा वैदेशिक ऋणमा कटौती गर्ने भनिएको छ ।