फाइल तस्वीर
काठमाडौं – पत्नी हत्याको अभियोगमा जेलमा परेर सशस्त्र प्रहरी बलका पूर्व प्रहरी नायव महानिरीक्षक ९डीआईजी० रञ्जन कोइराला पुनः पक्राउ गरेका छन् । । पत्नी हत्याको अभियोगमा जन्मकैदको सजय भोगिरहेका कोइराला निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सम्मिलित बेञ्चको फैसलाद्वारा जन्म कैदको बाँकी अवधि घटाएर २०७७ साउन ८ गते कारागारबाट थुना मुक्त भएका थिए ।

सर्वोच्च अदालतको तात्कालिन पैmसला निकै विवादास्पद भएर चौतर्फी रुपमा आलोचना भएको थियो । तर सर्वोच्च अदालतको हिजोको बहुत पूर्ण इजलासले दुई वर्ष अघिको फैसला उल्ट्याउँदै अभियुक्त रञ्जन कोइरालालाई थुनामा राख्न आदेश गरेको थियो ।

तर हिजो बिहीबार सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले फैसला उल्टाउँदै अभियुक्त कोइरालालाई जन्मकैदकै सजाय हुने फैसला सुनाएको थियो । हिजो सर्वोच्चमा पुगेका अभियुक्र कोइराला सर्वोच्चको आदेश आउने वित्तिकै फरार भएका थिए । फरार भनिएका कोइराला आज शुक्रबार पुनःपक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी बसन्तबहादुर कुँवरले कोइराला पक्राउ परेको पुष्टि गर्नुभएको छ । पत्नी हत्याको अभियोग लागेका कोइराला अब साढे ११ वर्ष पुनः कारागारमा बस्नुपर्ने छ ।