फाइल तस्वीर
काठमाडौं– राष्ट्रियसभाको आज शुक्रबार बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । राष्ट्रियसभा बैठकमा सरकारको नीति तथा तथा कार्यक्रमको छलफलमा परेको संशोधनको माग खारेज गर्दै बहुमत सदस्यहरुले नीति तथा कार्यक्रम पास गरेको हो ।

आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाको बहुमतबाट पारित भएको छ । जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम हुन्छ वा हुँदै भन्दै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सभालाई सोधनी हुँदा बहुमत सदस्यहरुले हुन्छ भनेपछि सरकारको नीति तथा कार्यक्रम पास भएको हो ।

सरकारले भोलि शनिबार आर्थिक वर्ष २०७९/०८० को बजेट तथा नीति र योजना सार्वजनिक गर्ने कार्यक्रम छ । सङ्घीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्नुहुने भएको छ ।