फाइल तस्वीर
काठमाडौं – देशकै राजधानी र ठूलो महानगरमानिने काठमाडौं महानगरपालिकाको मेयरमा पहिलो पटक स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित हुनुभएको छ । नवनिर्वाचित साहले नेपाली काङ्ग्रेसकी सिर्जना सिंहलाई फराकिलो मतान्तरले पराजित गर्दै काठमाडौंको नगरप्रमुख बन्नु भएको हो ।


काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर साह पेशाले इञ्जिनियरका साथै प्यापर गायक हुनुुहुन्छ । अब उहाँको नाम राजनीतिकर्मीका रुपमा स्थापित भएको छ । बत्तीस वर्षीय बालेन्द्र साह मेयरमा निर्वाचित भएको खुसियालीमा आज शुक्रबार उहाँका समर्थकहरुले विजय ¥याली निकाल्ने भएका छन् । विजयी ¥याली मतगणनास्थल राष्ट्रिय सभागृहबाट सुरु भएको छ ।

सभागृह–भद्रकाली–त्रिपुरेश्वर–माइतिघर–बबरमहल–बिजुलिबजार–यूएनपार्क–शान्तिनगर–तिनकुने–कोटेश्वोर–जडिबुटी–पेप्सिकोला पुगेर ¥याली फर्किने कार्यक्रम छ । यसैगरी विजय ¥याली कोटेश्वोर–तिनकुने–सिनामङ्गल–तिलगङ्गा–गौशला–चावाहिल–माहारजगन्ज–सामाखुशी–नयाँबसपार्क–स्वयम्भू–सितापाइला–कलंकी–बल्खु–कुलेश्वोर–कालिमाटी–टेकु–त्रिपुरेश्वर–सुन्धारा हुँदै खुलामञ्चमा गएर नवनिर्वाचित मेयर साहले काठमाडौंवासी सम्पूर्ण मतदाताहरुलाई विजयसभामार्फत् धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको ¥याली आयोजकले बताएका छन् ।