फाइल तस्वीर
काठमाडौं – काठमाडौं महानगरपालिकाको मत गणनाको कार्य अझै जारी छ । आज साँझसम्ममा यस महानगरको जित हारको औपचारिक नतिजा सार्वजनिक हुने बलियो आधार देखिंदै गर्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो सुरुदेखिको अग्रतालाई कायम राख्नै आफ्नो निकटम प्रतिस्पर्धीसँग निकै फराकिलो मतान्तर बनाउनु भएको छ । १ लाख ८३ हजार ६७९ मतगणना गर्दा स्वतन्त्र उम्मेदवार बालेन्द्रले ५९ हजार १४९ मत प्राप्त गर्दै अग्रस्थानमा हुनुहुन्छ ।

बालेन्द्रका निकटम प्रतिस्पर्धी नेपाली काङग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३७ हजार ५४२ मत प्राप्त गर्नुभएको छ । सार्जजनिक भैरहेको मत परिणाम अनुसार बालेन्द्रले जित हातपारी सक्नुभएको छ । उहाँका निकटम प्रतिस्पर्धी सिर्जना सिंहले हारस्वीकर गरिसक्नुभएको छ । मत गणनको अन्तिम नतिजा नआउँदासम्म जितको औपचारिक घोषणा गर्न नमिलेता पनि अनौपचारिक रुपमा काठमाडौं महानगरपाकिालको आगामी नेतृत्व ३२ वर्षीय युवा इञ्जिनियर बालेन्द्र साहले सम्हाल्ने निश्चित प्राय भैसकेको छ ।