काठमाडौं –साताको चौथो दिन आज बुधबार सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । केही दिन यता स्थिर रहेको सुन–चाँदीको मूल्य आज बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन दुई सय रूपैयाँका दरले वृद्धि भएर प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले वृद्धि भएर प्रतितोला १ हजार २ सय ७५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।