फाइल तस्वीर
जेनेभा – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को जेनेभामा सम्पन्न भएको ७५ औं विश्व स्वास्थ्य सम्मेलनले आगामी पाँच वर्षे कार्यकालका लागि विश्व स्वास्थ्य सङ्गठनकाको महानिर्देशकमा डा. ट्रेडोस अधानोम गेब्रेयसस नियक्त गरेको छ । डब्ल्यूएचओका सदस्य राष्ट्रहरूको सम्मेलनले आगामी पाँच वर्षे कार्यकालका लागि डा.गेब्रेयससलाई पुनः महानिर्देशकमा निर्वाचित गरेको हो ।

डा. गेब्रेयसस यसअघि पनि डब्ल्यूएचओको महानिर्देशक हुनुहुन्थ्यो । पहिलो पटक सन् २०१७ मा निर्वाचित डा. गेब्रेयसस ७५ औं सम्मेलनमा एक्लो उम्मेदवार हुनुभएकोले उहाँ निर्विरोध महानिर्देशकमा चुनिनुभएको हो ।

दोस्रो कार्यकाललाई लागि जिम्मेवारी पाएपछि डा. गेब्रेयससले ‘डब्लुएचओका महानिर्देशकको रूपमा दोस्रो कार्यकालको लागि सदस्य राष्ट्रहरूले प्रदान गरेको अवसरबाट म आभारी छु’ निर्वाचित भएपछि डा. गेब्रेयससले– ‘यद्यपि यो सम्मान ठूलो जिम्मेवारीका साथ आउँछ र म सबै देशहरू, विश्वभरका मेरा सहकर्मीहरू र हाम्रा मूल्यवान साझेदारहरूसँग काम गर्न प्रतिबद्ध छु’ भन्नुभएको छ ।

स्वास्थ्य प्रवद्र्धन गर्ने, विश्वलाई सुरक्षित राख्ने र जोखिममा परेकाहरूलाई सेवा गर्ने आफ्नो मिसनलाई विश्व स्वास्थ्य सङ्गठनले पूरा गरेको महानिर्देशक डा. गेब्रेयसस भनाइ थियो । पुनःमहानिर्देशकमा निर्वाचित डा. गेब्रेयससको नयाँ कार्यकाल आगामी अगस्ट १६ तारिखदेखि सुरु हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।